जेनजी आन्दोलनले ३० होटलमा क्षति हुँदा  करिब २५ सयको रोजगारी गुम्यो

२०८२ असोज १३ गते

जेनजी आन्दोलनले ३० होटलमा क्षति हुँदा  करिब २५ सयको रोजगारी गुम्यो

काठमाडौ । जेनजी आन्दोलनले नेपालका ३० होटलमा क्षति पुगेको सरकारकै एउटा निकायको अध्ययनले देखाएको छ ।  नेपाल पर्यटन बोर्डले गरेको एक अध्ययन अनुसार    काठमाडौंसहित सामान्य देखि  देखि पूर्ण क्षति भएको छ ।

 यस्तो क्षतिबाट करिब  २५ सय जना सम्मको रोजगारी गुमेको  प्रारिम्भिक अनुमान गरिएको छ । काठमाडौंको पाँचतारे डिलक्स होटल हिल्टन, होटल हायात रिजेन्सी, वालुवाटारको वर्णवास काठामाडौ सहति  देशभरमा भएको क्षतिको विवरण संकलन  शुरु भएको छ ।

Advertisement:

Ad
Ad

आन्दोलका कारण सबैभन्दा ठूलो क्षति पाँचतारे होटल हिल्टनमा परेको छ । विभिन्न होटलहरुमा भएको आगजनीले पर्यटन क्षेत्रमा नराम्रो प्रभाव परेको छ । पर्यटकहरु नेपाल आउँन हच्किन सक्ने सम्भावना रहेको छ । नकारात्मकता चिर्न यो क्षेत्र सहित सरकार पनि लागि परेकोछ ।