जहाजभित्रै अचेत भएका व्यक्तिको मूत्यु

२०८१ पुस ०७ गते

जहाजभित्रै अचेत भएका व्यक्तिको मूत्यु

काठमाडौ । नेपाल वायुसेवा निगमको विमानमा हङकङ–काठमाडौं यात्राका क्रममा अचेत भएका यात्रु देउमान लिम्बूको मृत्यु भएको छ । शनिबार हङकङबाट काठमाडौं आउने क्रममा ताप्लेजुङका देउमान लिम्बू अचेत भएका थिए ।

जहाजभित्रै अचेत भएका उनलाई अवतरणपछि उपचारका लागि नजिककै काठमाडौं मेडिकल कलेज पुर्याइएको थियो । तर, अस्पताल लग्ने वित्तीकै डाक्टरले मृत घोषणा गरेका थिए । निगमको आरए ४०१ उडानबाट लिम्बू नेपाल आएका थिए ।

Advertisement:

Ad
Ad