२०८१ मंसिर १६ गते
काठमाडौ । नेपाल दुरसञ्चार प्राधिकरणले नेटम्याक्स टेक्नोलोजी (इमेलसहित) प्रालिको लाइसेन्स खारेज गरेको छ । नेटम्याक्सलाई इन्टरनेट सेवा प्रदान गर्नका लागि प्राधिकरणले २०६६ कात्तिक २९ गते अनुमतिपत्रि प्रदान गरेको थियो । प्राधिकरणले एक सुचना जारी गर्दै नेटम्याक्सले नवीकरणका लागि तोकिएको समयावधि भित्र नियमानुसार निवेदन पेश नगरेकोले यसको लाइसेन्स खारेज गरिएको बताएको छ । उक्त अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५(५) बमोजिम मिति २०८१/०७.२९ देखि स्वतः रद्ध भएको प्राधिकरणले भनेको छ । साथै उक्त नेटम्याक्सले नियमानुसार तिर्न तथा बुझाउन पर्ने रकमका सम्बन्धमा यो सुचना जारी भएको मितिले ३० दिन भित्र प्राधिकरणको कार्यालयमा सम्पर्क गर्न समेत सुचित गरिएको छ ।

प्रतिक्रिया