इन्फिनिटी लघुवित्तको ६४ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

२०८० चैत १४ गते

इन्फिनिटी लघुवित्तको ६४ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले ६४ हजार ७३ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।

यी शेयर खरीदका लागि इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । आवेदन कम्पनीको केन्द्रिय कार्यालय गैडाकोट, नवलपरासीमा पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

Advertisement:

Ad
Ad