२०८३ वैशाख २६ गते
काठमाडौँ । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले विदेशमा रहेका नेपालीका लागि आकर्षक योजना सार्वजनिक गरेको छ । यस योजनामा आइएमई मार्फत विदेशबाट नेपालमा रेमिट्यान्स पठाउनेले पैसा प्राप्त गर्ने सुविधा मात्र नभई सामसुङका विभिन्न आधुनिक इलेक्ट्रोनिक सामान खरिद गर्दा विशेष छुट समेत पाउनेछन् भने नगदफिर्ता (क्यासब्याक) अफरको समेत लाभ लिन सक्नेछन् ।
यस, अफरको लाभ लिन ग्राहकहरूले आइएमइ रेमिटमार्फत नै विदेशबाट नेपालमा पैसा पठाएको हुनुपर्नेछ । त्यसपछि नेपालमा पैसा प्राप्त गर्दा प्रयोग भएको आइएमइ कन्टोल नम्बर सुरक्षित राख्नुपर्नेछ । सोही नम्बर सामसुङको आधिकारिक स्टोर वा डिलरलाई उपलब्ध गराउनुपर्नेछ । ग्राहकहरूले आफूलाई आवश्यक सामसुङका स्मार्टफोन वा अन्य घरेलु उपकरण छनोट गरि एचएफएल मार्फत सहज इएमआइ वा ऋण सुविधा मार्फत खरिद गर्न सक्नेछन् । यसले गर्दा ग्राहकलाई एकैपटक ठूलो रकम खर्च नगरी किस्ताबन्दीमा सामान खरिद गर्ने सुविधा प्रदान समेत गर्नेछ । एइमआइ (मासिक किस्ता) सुविधा २४ महिनासम्मको उपलब्ध हुनेछ ।
साथै स्मार्टफोन, स्मार्ट टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिन लगायतका आधुनिक घरेलु तथा डिजिटल उपकरण खरिद गर्दा ग्राहकहरूले अधिकतम ६ प्रतिशतसम्म क्यासब्याक खल्ती बाइ आइएमइ वालेटमा प्राप्त गर्ने व्यवस्था गरिएको छ । यसले विदेशमा बसेर परिश्रम गरी कमाएको रकमलाई अझ बढी उपयोगी र मूल्यवान बनाउने विश्वास कम्पनीले लिएको छ ।
त्यसैगरी, सामसुङ स्मार्टफोन खरिद गर्ने ग्राहकले एनसेल प्याक सक्रिय गर्दा बोनस डेटा सुविधा पनि प्राप्त गर्न सक्नेछन् । यस, योजनाअन्तर्गत ग्राहकहरूले रिचार्जमा अधिकतम १८० जिबी सम्म बोनस डेटा प्राप्त गर्ने अवसर पाउनेछन् ।विशेषगरी वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार तथा उनीहरूका परिवारको दैनिक जीवनलाई सहज र प्रविधिमैत्री बनाउने उद्देश्यले ल्याइएको यो योजना ग्राहकहरूको आवश्यकता र चाहनालाई ध्यानमा राखेर तयार पारिएको आइएमईको कार्यकारी अधिकृत दिवाकर पौडेलले बताए ।
रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्ध यस कम्पनीले नेपालका सहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी २ सय २थ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिब १२ हजार सब एजेन्ट र बैङ्क तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीहरूले दुः ख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आइरहेको छ ।
प्रतिक्रिया