हिमालयन रिइन्स्योरेन्सको आईपीओ भर्ने आज अन्तिम दिन, सबै आवेदकलाई कम्तिमा दश कित्ता पर्ने

२०८० पुस ०२ गते

हिमालयन रिइन्स्योरेन्सको आईपीओ भर्ने आज अन्तिम दिन, सबै आवेदकलाई कम्तिमा दश कित्ता पर्ने

काठमाडौं ।  हिमालयन रिइन्स्योरेन्स लिमिटेड(HRIL)को आईपीओका लागि अन्तिम दिनसम्ममा साढे १६ लाख भन्दा बढी आवेदकले आवेदन दिएका छन् । सोमबारसम्म कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेको छ। यद्धपि हिमालयन रिइन्स्योरेन्सको आईपीओ भर्ने सबैले कम्तिमा १० कित्ता पाउने भएका छन्।

Advertisement:

Ad
Ad

सोमबार साझ ५ बजे सम्म कम्पनीमा १६ लाख ६० हजार २२ आवेदकबाट ३ करोड २२ लाख १५ हजार ७० कित्ता शेयरको लागि आवेदन परेको छ । यसबाट कम्पनीले ६ अर्ब ६३ करोड ६३ लाख ४ हजार ४२० रुपैयाँ संकलन गरेको छ ।

कम्पनीले २ करोड ४९ लाख कित्ता शेयरको लागि आवेदन माग गरेको थियो । यसरी, कम्पनीले आइपीओ भर्ने २४ लाख ९० हजार आवेदकलाई शेयर वितरण गर्नेछ ।