हिमालयन बैंकले प्रहरी परिसरलाई दियो ‘इन्स्टा ३६० चेष्ट स्ट्रेप’ र ‘गोप्रो हिरो ९’ क्यामरा

२०८० असोज २४ गते

हिमालयन बैंकले प्रहरी परिसरलाई दियो ‘इन्स्टा ३६० चेष्ट स्ट्रेप’ र ‘गोप्रो हिरो ९’ क्यामरा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले जिल्ला प्रहरी परिसर काठमाण्डौंलाई ‘इन्स्टा३६० चेष्ट स्ट्रेप’ सहित पाँच थान ‘गोप्रो हिरो ९’ प्रदान गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २ लाख ६७ हजार५ सय रुपैयाँ बराबरका ‘इन्स्टा३६० चेष्ट स्ट्रेप’ सहित पाँच थान ‘गोप्रो हिरो ९’ क्यामरा हस्तान्तरण गरेको हो ।

Advertisement:

Ad
Ad

प्रहरी परिसरको अनुरोधको आधारमा काठमाण्डौं जिल्लामा शहरीकरण, सवारी चाप, लुटपाट, पाकेटमार, चोरी, आन्दोलन, बन्द, हड्ताल आदि जस्ता गतिबिधिहरुको निगरानी तथा रोकथाम गर्न बैंकले परिसरलाई उक्ता सामाग्री सहयोग गरेको जनाइएको छ ।

बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमसेर राणाले प्रहरी उपरीक्षक कुमुड ढुङ्गेललाई एक समारोहको बीच सामाग्री हस्तान्तरण गरेका हुन् ।