गुल्मीकी मनिषालाई एमाले अध्यक्ष ओलीले बधाई दिँदै भने- 'मेहनत गर्नेलाई स्वदेशमै अवसर छ'

२०८० माघ ०४ गते

गुल्मीकी मनिषालाई एमाले अध्यक्ष ओलीले बधाई दिँदै भने- 'मेहनत गर्नेलाई स्वदेशमै अवसर छ'

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एकै बर्षमा लोकसेवा आयोगले लिएको पाँच वटा परीक्षामा सफल भएकी गुल्मीकी मनिषा जिसीलाई बधाई दिएका छन् ।

अनलाइनमा मनिषाले लोकसेवाको परीक्षामा सफलताको कथा पढेको भन्दै एमाले अध्यक्ष ओलीले बधाइ दिएका हुन् ।  गुल्मीकी मनीषा जिसीले लोकसेवा आयोगले लिएको विभिन्न पदको परीक्षामा एकै वर्षमा पाँच वटा पदमा नाम निकाल्न सफल भएकी थिइन् ।

Advertisement:

Ad
Ad

सो बिषयमा ओलीले बधाईसहित लेखेका छन् ।, ‘गुल्मीकी मनीषा जिसीले लोकसेवा आयोगले लिएको विभिन्न पदको परीक्षामा एकै वर्षमा पाँच वटा पदमा नाम निकाल्न सफल भएको समाचार आज अनलाइनहरुमा पढें । यो सुखद् खबर हो ।’

अध्यक्ष ओलीले मनिषाको सफलता नेपाली युवा पुस्ताका लागि सुखद समाचार रहेको पनि बताएका छन् ।  ‘मेहनत गर्नेलाई स्वदेशमै अवसर छ भन्ने सकारात्मक सन्देश यसले दिएको छ । मनीषा नानीलाई बधाई, अब काममा पनि त्यस्तै सफलता प्राप्त होओस, शुभकामना !,’ अध्यक्ष ओलीले लेखेका छन् ।

ओलीको बधाई जस्ताको तस्तै

गुल्मीकी मनीषा जिसीले लोकसेवा आयोगले लिएको विभिन्न पदको परीक्षामा एकै वर्षमा ५ वटा पदमा नाम निकाल्न सफल भएको समाचार आज अनलाइनहरुमा पढें। यो सुखद् खबर हो । मेहनत गर्नेलाई स्वदेशमै अवसर छ भन्ने सकारात्मक सन्देश यसले दिएको छ । मनीषा नानीलाई बधाई, अब काममा पनि त्यस्तै सफलता प्राप्त होओस्, शुभकामना !