क्यानडा पठाइदिन्छु भन्दै १ लाख ८५ हजार लिएर सम्पर्कबिहीन भएका चुडामणि प्रहरीको फन्दामा

२०८३ साउन २९ गते

क्यानडा पठाइदिन्छु भन्दै १ लाख ८५ हजार लिएर सम्पर्कबिहीन भएका चुडामणि प्रहरीको फन्दामा

काठमाडौं । क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ परेको छ ।

 

Advertisement:

Ad
Ad

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर सूर्यविनायक नगरपालिका-८ बस्ने पर्वत मोदी गाउँपालिका-५ घर भएका ३३ वर्षीय चुडामणी रखाललाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

 

चुडामणीले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ८५ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई भक्तपुर सूर्यविनायक नगरपालिका-२ बाट पक्राउ गरेको हो । 

 

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।