सुनचाँदीको मूल्यमा वृद्धि

२०८३ वैशाख १३ गते

सुनचाँदीको मूल्यमा वृद्धि

बैशाख १३ गते आइतबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य उकालो लागेको छ। यस दिन सुनको भाउ प्रतितोला २ हजार ७०० रुपैयाँले बढ्दा चाँदी पनि तोलामा ५० रुपैयाँले महँगिएको छ।

 

Advertisement:

Ad
Ad

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ, जुन गत शुक्रबारको २ लाख ९६ हजार ५०० रुपैयाँको तुलनामा उल्लेख्य वृद्धि हो।

 

त्यस्तै, चाँदीको मूल्य पनि बढेर प्रतितोला ४ हजार ९९५ रुपैयाँ पुगेको छ, जबकि शुक्रबार यसको मूल्य ४ हजार ९४५ रुपैयाँ रहेको थियो।