घट्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

२०८० चैत २३ गते

घट्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । शुक्रबार छापावाला सुनको भाउ १ हजार ३०० रुपैयाँले घटेको छ । बिहीबार ऐतिहासिक उचाईमा पुगेको सुनको भाउ आज भने घटेको हो ।

साताको पाँचौं कारोबार दिन १ लाख ३४ हजार रुपैयाँ पुगेको थियो । जुन हालसम्मकै उच्च हो । तर, साताको अन्तिम कारोबार दिन भने घटेर १ लाख ३२ हजार ७०० रुपैयाँ कायम भएको छ ।

Advertisement:

Ad
Ad

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ १ लाख ३२ हजार ५० रुपैयाँ तोकिएको छ ।

यस्तै, चाँदीको भाउ पनि घटेको छ ।आज चाँदी प्रतितोला ३५ रुपैयाँले घटेर १ हजार ६१५ रुपैयाँ तोकिएको छ। चाँदी पनि बिहीबार १ हजार ६५० रुपैयाँ पुगेको थियो । जुन हालसम्मकै उच्च थियो ।