घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको भाउ

२०८० मंसिर १४ गते

घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको भाउ

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । विहीबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा २ र डिजेलमा ४ रुपैयाँ घटाएको छ ।

निगमले एलपी ग्यासको मूल्य भने यथावत राखेको छ।इन्डियन आयल कर्पोरेशनबाट ग्यासको मूल्य बढेर आए पनि हाललाई यथावत राखिएको निगमले जनाएको छ।

Advertisement:

Ad
Ad

समायोजित मूल्य अनुसार अब पेट्रोल पहिलो वर्गमा प्रतिलिटरर १६७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६९ र तेस्रोमा १७० रुपैयाँ प्रतिलिटर कायम हुनेछ।

यस्तै, डिजेल र मट्टीतेल पहिलोमा १५७ रुपैयाँ ५० पैसा, दोस्रोमा १५९ र तेस्रोमा १६० रुपैयाँ कायम भएको छ।