२०८२ मंसिर ०१ गते
बुटवल । नेपालको लागि जिली इएक्स फाइभको आयातकर्ता एलआरआर मोटर्सले बुटवलका लागि सोमार्जुन मोटर्सलाई आधिकारिक डिलरको रुपमा नियुक्त गरेको छ ।
बुटवल र आसपासका क्षेत्रहरुका लागि जिली इएक्स फाइभका ईभिहरु स्थानीयस्तरमै उपलब्ध गराउने उदेश्य सहित आज एक विशेष समारोहको क्रममा सोमार्जुन मोटर्स्द्धारा नव–निर्मित शो–रूमको औपचारिक उद्घाटन समेत गरिएको छ ।
एलआरआर मोटर्सले यस वर्षभित्र देशभरी जम्मा १४ वटा डिलर नियुक्त गर्ने उदेश्य लिएको छ । जसअन्र्तगत सोमार्जुन मोटर्सलाई नियुक्त गरेको हो ।
उद्घाटन कार्यक्रमको अवसर पारेर आजै सोमार्जुन मोटर्सले दुईवटा जिली इएक्स फाइभ म्याक्सको बिक्री हस्तारण गरेको छ । पहिलो दिनमै दुईवटा इएक्स फाइभको बिक्रीले यस क्षेत्रमा जिली ब्राण्डको लोकप्रियता र ग्राहकहरुको रुचीलाई दर्शाएको कम्पनीले जनाएको छ ।

उद्घाटन समारोहसँगै नयाँ डिलर–शो–रूमले पूर्ण रूपमा सञ्चालनको थालनी गर्दै बुटवल तथा आसपासका क्षेत्रका ग्राहकहरूको लागि जिलीका विश्वप्रसिद्ध इएक्स फाइभ म्याक्स र प्रो मोडेलहरूको बिक्री, बिक्री–पछिको सेवा तथा स्पेयर पाट्र्सको सहज उपलब्धता गराउनेछ ।
“बुटवल क्षेत्रका लागि एलआरआर मोटर्सको अधिकृत डिलरका रूपमा चयन भइ यहाँका इभीप्रेमीहरुको लागि जिली इएक्स फाइभलाई उहाँहरुको घरदैलोसम्म पु¥याउन पाउँदा हामी हर्षित छांै,” सोमार्जुन मोटर्सका सीईओ अर्जुन भूषाल भन्छन् “हामीले बुटवलका ग्राहकहरूलाई विश्वस्त, आधुनिक र सुरक्षित इभि विकल्प प्रदान गर्ने उद्देश्यका साथ जिली इएक्स फाइभको वितरण सुरु गरेका हांै । इएक्स फाइभको गुणस्तर, प्राविधिक क्षमता र भरपर्दोपनाले यसलाई हाम्रो क्षेत्रकै अत्यन्त आकर्षक मोडल बनाउनेमा हामी पूर्ण रूपमा विश्वस्त छौं ।”
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै एलआरआर मोटर्सका निर्देशक जीवन जंग शाहीले जिली ब्राण्डको देशव्यापी विस्तारमा सोमार्जुन मोटर्सजस्तो प्रतिबद्ध र सक्षम साझेदार अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे । नयाँ शो–रूमले अत्याधुनिक प्रविधि, गुणस्तरीय सेवा र उन्नत ग्राहक अनुभवप्रतिको साझा प्रतिबद्धता झल्काएको उनले बताए ।
सोमार्जुन मोटर्स्ले बुटवल र आसपासका क्षेत्रहरुको इभी उपभोक्ताहरुको बदलिँदो आवश्यकताअनुसार सेवा पु¥याउन सक्षम अनुभवी जनशक्ति र जिलीको विश्वस्तरिय मापदण्डअनुसारका आधुनिक बिक्रीपश्चातको सेवासुविधाहरूसमेतको व्यवस्था गरेको छ ।
बुटवलमा जिली इएक्स फाइभ उपलब्ध भएसँगै, ग्राहकहरूले सहज सेवा, गुणस्तरीय स्पेयर पाट्र्स तथा उत्कृष्ट बिक्री–पछिको सेवा पनि सोमार्जुन मोटर्समार्फत प्राप्त गर्ने कम्पनीको भनाइ छ ।
प्रतिक्रिया