'ग्रे लिस्टले अन्तर्राष्ट्रिय बदनामी भयो '

२०८२ चैत २३ गते

'ग्रे लिस्टले अन्तर्राष्ट्रिय बदनामी भयो '

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्नु सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् । ग्रे लिस्टले अन्तर्राष्ट्रिय बदनामी भएको र यसले लगानीको वातावरणमा समेत नकारात्मक असर परेको उनले बताए । 

उनले भने, 'ग्रे लिष्टबाट बाहिर ल्याने सवालमा कागमजमा मात्रै कुरा गर्ने बाहिर नल्याउने भन्ने परेको छ। हामी अहिले लागू पनि गर्ने चरणमा प्रवेश गरेका हौँ। सम्पत्ति शुद्धीकरण लगायतका वित्तीय अपराधमा वर्षौंदेखि भएका अनुसन्धान अकाट्य प्रमाणका आधारमा अघि बढेका केसहरूमा आधारित हुन्। ह्वाइटकल क्रराइमलाई आर्थिक जरिवानानै गर्ने ध्येय हो। संस्था वा व्यक्ति छानेर दुख दिने हाम्रो कुनै नियत छैन। हामी खुलाबजार अर्थनीति मान्छौ। त्यो भनेको छाडा अर्थतन्त्र होइन।'

Advertisement:

Ad
Ad

यस्तै कसैलाई पनि अपराधिक गतिविधिबाट उन्मुक्ति नमिल्ने उनले बताए । न्याय निरूपणको काम अदालतबाट हुने भएकाले कसैलाई लक्षित गरेर कारबाही गर्ने होइन, कानुनअनुसार अघि बढाउने वाग्लेले भने ।