२०८१ वैशाख २३ गते
कास्की । गण्डकी प्रदेशका सभामुख कृष्ण धितालले मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका छन् ।६० सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री खगराज अधिकारीले राखेको विश्वासको मतको पक्षमा ३० सांसद मात्रै देखिएका थिए ।
सभामुख धितालले बहुमत पुगेको घोषणा गरेपछि कांग्रेसले प्रक्रिया मान्दैनौं भन्दै बैठकमै कालो झण्डा देखाएका थिए ।बहुमतका लागि ३१ सांसद आवश्यक पर्ने भए पनि ३० जनाकै भरमा बहुमत पुगेको घोषणा गरेपछि कांग्रेसका सांसदले सभामुख धिताललाई बैठकमै कालो झण्डा देखाएका हुन् ।
सभामुखले असंवैधानिक कदम चालेको भन्दै कांग्रेसका सांसदले प्रक्रिया नै नमान्ने बताएका छन् । विश्वासको मत पाएको घोषणा संविधानविपरीत भएको कांग्रेसको दाबी छ ।
सर्वोच्च अदालतले पनि ३० मत भए बहुमत पुग्ने आदेश दिएपछि गण्डकीमा थप विवाद बढेको छ ।
प्रतिक्रिया