२०८२ वैशाख ०३ गते
काठमाडौ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल राष्ट्र बैंकले छिट्टै नयाँ गभर्नर पाउने दाबी गरेका छन् । नियुक्ति छिट्टै हुने बताएका छन्। मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता समेत रहेका गुरुङले गभर्नर नियुक्ति छिट्टै हुने बताए ।
यो विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा विच सहमति बनिसकेको पनि उनको भनाई छ । उनले भने, ‘गभर्नर नियुक्ति ढिलो भएकै छ। चाँडोभन्दा चाँडो गर्दैछौं। कुनै चलखेल भएको छैन।'
चैत २४ गतेदेखि नेपाल राष्ट बैंक गभर्नर बिहिन बनेको छ । तत्कालिन गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि नयाँ गभर्नर नियुक्तिमा सत्तासाझेदारको बागबण्डा मिल्न नसक्दा नियूक्ति प्रक्रियामा ढिलाई भएको हो । गभर्नर छनौटका लागि समिति गठन गरेको पनि एक महिना बढी भयो ।
प्रतिक्रिया