२०८२ वैशाख ०५ गते
काठमाडौं । कांग्रेसको कोटामा गभर्नर बन्ने पक्कापक्की भएपछि राजीनामा दिएका नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टको राजीनामा स्विकृत हुन नसकेपछि प्रक्रिया थप जटिल मोडमा पुुगेको छ । कार्यबाहक गभर्नर डा. नीलम ढुंगानाले राजीनामा दिएका डा। गुणाकर भट्टको राजीनामा स्वीकृत गर्न अस्वीकार गरेसँगै गभर्नर नियुक्तिको विवादले नयाँ मोड लिएको हो ।
सत्ता साझेदार नेपाली कांग्रेसले यसअघि एमालेको कोटाबाट गभर्नर बनिसकेको र अहिलेको सरकारमा ठूलो दल आफूहरु भएकोले नयाँ गभर्नर पद पाउने पालो आफूहरुको हो भन्दै प्रधानमन्त्री केपी ओलीलाई निर्णय गर्न रोक्दै आएको छ । सोही क्रममा बुधबार कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी ओलीबीच यस विषयमा लामो छलफल भएको, त्यस क्रममा देउवानिकट डा। भट्टलाई गभर्नर बनाउने सहमति भएको समाचार सार्वजनिक भएको थियो ।
तर भट्ट राष्ट्र बैंकको कार्यकारी निर्देशक पदमा रहेकाले उनी गभर्नर बन्न राष्ट्र बैंक ऐनले नमिल्ने भएपछि आज शुक्रबार उनले पदबाट राजीनामा दिएका थिए । तर गभर्नरको प्रत्यासी रहेकी डा। ढुंगानाले आफू कावा गभर्नर भएकोले कानुनअनुसार स्वीकृत गर्न नमिल्ने बताएपछि भट्टलाई गभर्नर बनाउने देउवाको योजना अन्योलमा परेको हो ।
गभर्नरका लागि सिफारिस गर्न अर्थमन्त्रीको संयोजकत्वमा बनेको समितिले डेपुटी गभर्नरहरुमध्येबाट एक जनासहित तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नसक्ने कानुनी व्यवस्था छ ।
प्रतिक्रिया