एनएमबि बैंकको ५२ हजारभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

२०८० चैत १६ गते

एनएमबि बैंकको ५२ हजारभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

काठमाडौं । एनएमबि बैंक लिमिटेडले ५२ हजार १७२ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । बैंकले व्यक्तिगत संस्थापकको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।

यी शेयर खरीद गर्न इच्छुक खरीदकर्ताहरूले चैत २२ गतेसम्म आवेदन दिनुपर्नेछ । आवेदन विक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालय बालुवाटार, काठमाडौंमा पेश गर्नुपर्नेछ । प्रतिकित्रा १२० रूपैयाँ तोकिएको यी शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिनुपर्नेछ ।

Advertisement:

Ad
Ad

तोकिएको अवधिभित्र प्राप्त बोलपत्र चैत २३ गते विहान १० बजे विक्री प्रबन्धकको कार्यालयमा खोलिने कार्यक्रम पनि तय भएको छ ।