एमालेलाई झोले भन्दै सिमरामा जेनजीले लगाए नारा

२०८२ मंसिर ०४ गते

एमालेलाई झोले भन्दै  सिमरामा जेनजीले लगाए नारा

काठमाडौ । नेकपा एमालेका कार्यकर्ता र जेनजी समूहका युवाबीच बुधबार भएको झडपका कारण बिहिबार पनि बाराको सिमरा क्षेत्र तनावग्रस्त बनेको छ । बिहिबार जेनजी समुहले एमालेविरुद्ध नाराबाजी गरेको छ । एमालेलाई झोले भन्दै चर्को नाराबाजी भएको छ ।

 

Advertisement:

Ad
Ad

बिहीबार बिहानैबाट युवाहरू सडकमा निस्किएका छन् । तनावपूर्ण अवस्था आएपछि जिल्ला प्रशाशन कार्यालयले आज पनि १ बजेदेखि बेलुका ८ बजेसम्म कफ्यू लगाएको छ । यूवाहरुले ट्राफिक आइल्याण्डमा समेत आगजनी गरेका छन् । प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले बलसमेत प्रयोग गरेको छ ।