एक वर्षको द्वन्द्वपछि इजरायल-हिजबुल्लाहबीच युद्धविराम

२०८१ मंसिर १२ गते

एक वर्षको द्वन्द्वपछि इजरायल-हिजबुल्लाहबीच युद्धविराम

बेरुत। इजरायल र हिजबुल्लाहबीच एक वर्षभन्दा बढी लडाइँपछि लेबनानमा युद्धविराम लागू भएको छ।

स्थानीय समय अनुसार बिहान ४ बजे बात युद्ध बिराम सुरु भएको हो।  यसले इजरायल र इरान समर्थित लडाकु समूहबीचको झण्डै १४ महिनाको द्वन्द्वको कम्तीमा अस्थायी रुपमा भए पनि अन्त्य गरेको छ । मंगलबार साँझ इजरायल, फ्रान्स र अमेरिकाले युद्दविराम सम्बन्धी सम्झौताको घोषणा गरेका थिए। अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्धविरामलाइ शत्रुताको स्थायी अन्त्य को संज्ञा दिएका छन् ।

Advertisement:

Ad
Ad

युद्धविराम सुरु हुनुभन्दा केही समय अघिसम्म दुवै पक्षबाट एक अर्कालाई आक्रमण गरिरहेका थिए । इजरायलले युद्धविरामको समय सीमाभन्दा चार घण्टा अगाडि बेरुतका केही भागहरू खाली गर्ने आदेश जारी गरेको थियो र करिब एक घण्टा अघिसम्म लेबाननमा हमला गरेको थियो । यता हिजबुल्लाहले पनि युद्ध रोकिनु अघि इजरायलमा ड्रोनहरू प्रहार गरेको थियो ।