२०८१ असार ३१ गते
काठमाडौँ । चालु आवको जेठ मसान्तसम्ममा विप्रेषण आप्रवाह अर्थात रेमिट्यान्स १९.३ प्रतिशतले वृद्धि भई रु.१३२७ अर्ब ५१ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको एघार महिनाको तथ्याङ्कले यस्तो देखाएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.३ प्रतिशतले वृद्धि भई ९ अर्ब ९८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.० प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४२२,९३६ र पुनः श्रम स्वीकृति लिनेको संख्या २६२,७०५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४५९,४१५ र २६०,२६२ रहेको थियो ।
प्रतिक्रिया