एअरहोस्टेसको उमेर हद ४५ वर्ष हटाउन माग,पर्यटनमन्त्रीको आश्वासनपछि आन्दोलन रोकियो

२०८१ असोज १९ गते

एअरहोस्टेसको उमेर हद ४५ वर्ष हटाउन माग,पर्यटनमन्त्रीको आश्वासनपछि आन्दोलन रोकियो

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले चाडबाडका बेला अत्यावश्यक मानिने हवाई सेवालाई अवरुद्ध हुने गरि कुनै पनि गतिविधि नगर्न आग्रह गरेका छन्।

विमान परिचालकहरूको आन्दोलन पछि उडान रद्द हुँदा दुबई र हङकङका दुई वटा उडान रद्ध भएका थिए । ४५ वर्ष उमेर हदलाई हटाउन माग गर्दै आन्दोलन गरिरहेका क्याबिन क्रु (विमान परिचारिका ) हडतालमा उत्रिएपछि मन्त्री पाण्डेले आन्दोलनरत पक्ष र नेपाल एयरलाइन्सका प्रतिनिधिहरूलाई मन्त्रालयमा बोलाएर छलफल गरेका हुन्।

Advertisement:

Ad
Ad

छलफलका कममा मन्त्री पाण्डेले भने , निगमका कार्यरत परिचालिका र परिचालकको विषयमा सर्वोच्च अदालतले समेत दुई पटक छुट्टाछु‌ट्टै आदेश दिएको छ। उक्त विषय अदालतले अन्तिम टुङ्गो लगाएको छैन। यसबीचमा विनियमावली परिवर्तन गर्न मिल्छ कि मिल्दैन ? यसबारे कानुनविद् र महान्यायाधिवक्तालाई बुझ्‌छौ। चाडबाड र सङ्कटको अवस्थामा कुनै पनि हालतमा सेवालाई नरोकिइदिनुहोस् ।

मन्त्री पाण्डेसँग उक्त कुरामा विमान परिचालिका एवम् परिचालकहरूले भने आजै पुनः छलफल गरि काममा फर्किने गरि टुङ्गोमा पुग्ने विश्वास दिलाएका छन् । निगममा कार्यरत परिचारिकारपरिचारकहरूको संस्था नेपाल वायुसेवा क्याबिन क्रु सङ्घले ४५ वर्षपछि अनिवार्य अवकाशमा जाने नियम, सेवा सुविधामा विभेद भएको भनी ०८० पुसमा सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

उक्त मुद्दाको किनारा लागेको छैन । निगमले ४५ वर्ष उमेर पुगेका क्याबिन क्रुको करार नवीकरण नगरेपछि असोज १६ यता उनीहरू पुनः आन्दोलनमा उत्रिएका थिए ।