२०८१ मंसिर १४ गते
काठमाडौ । नेपालमा व्यावसाय गरिरहेका विभिन्न व्यक्तिहरुलाई भारतीय नम्बरबाट फोनकल तथा मेसेज मार्फत धम्की दिने व्यक्ति पक्राउ परेका छन् । आफू भारतीय आपराधिक समुह लरेन्स बिश्नोइको सदस्य हुँ भनी मेडिकल व्यवसायी दुर्गा प्रसाद प्रसाईसँग तुरुन्त माफी माग्नु अन्यथा ज्यान समेत लिने धम्की दिने व्यक्ति नविन प्रधान भन्ने हरिचन्द्र फुयाललाई प्रहरीले पक्राउ गरेको हो । व्यवसायीहरुलाई आतंकित पारी आपराधिक लाभ लिन खोज्ने व्यक्ति पाँचथर जिल्ला साविक मौवा गाविस वडा नं ६ घर भई हाल जिल्ला झापा, मेचीनगर नगरपालिका वडा नं १३ चारआली बस्ने ३६ बर्षका प्रधानलाई केन्द्रिय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले पक्राउ गरेको हो । प्रारम्भीक अनुसन्धान गर्दा उनले भारतीय आपराधिक समुहको नामबाट व्यावसायीहरुलाई धम्की दिने कार्य मेडिकल ब्यावसायी दुर्गा प्रसाद प्रसाईको निर्देशनमा गरेको खुलेको छ । साथै उनी यसभन्दा अगाडि समेत बिभिन्न कसुरमा संलग्न भई फरार रहेको खुल्न आएको छ । उनको साथबाट भिभो र रेड्मी कम्पनीको ११ थान मोबाइल पनि बरामद भएको छ ।
प्रतिक्रिया