दुर्गा प्रसाईँको मुद्दामा सर्वोच्चले आज फैसला सुनाउँदै

२०८० चैत १२ गते

दुर्गा प्रसाईँको मुद्दामा सर्वोच्चले आज फैसला सुनाउँदै

काठमाडौं । विवादित व्यवसायी दुर्गा प्रसाईँको मुद्दामा सर्वोच्च अदालतले सोमबार अर्थात आज फैसला सुनाउने भएको छ । नेपालमा रहेका मारवाडी व्यासायी र केही बैंक तथा वित्तीय संस्थाका विरुद्धमा सडकमा आवाज उठाउँदै आएका प्रसाईँले आशय प्राप्त गरेर संरचना निर्माण गरिसकेको बी एन्ड सी मेडिकल कलेज सञ्चालन गर्न पाएका थिएनन् । झापामा निर्मित उक्त परियोजनामा ठूलो पैसा डुबेपछि उनले स्वास्थ्य नीतिको आलोचना गर्दै आएका थिए ।

उक्त मेडिकल कलेजका सञ्चालक प्रसाईंले आफ्नो मेडिकल कलेजले सम्बन्धन प्राप्त गर्नुपर्ने दाबि गर्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए । गत चैत ६ गते मंगलबार न्यायाधीश डा। कुमार चुडाल र शारंगा सुवेदीको इजलासले सुनुवाइ सकेर निर्णय सुनाउने मिति आज (सोमबार)लाई तोकेको थियो । बी एण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरको मुद्दा चैत ५ र ६ गते संयुक्त इजलासमा सुनुवाइ भएको थियो । उक्त मुद्दामा सर्वोच्चले अग्राधिकार पनि प्रदान गरेको थियो ।

Advertisement:

Ad
Ad