द्रुत बस सेवा आजदेखि पुनः संचालनमा आउने

२०८० मंसिर १० गते

द्रुत बस सेवा आजदेखि पुनः संचालनमा आउने

काठमाडौँ । रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा पुनः संचालनमा आउने भएको छ । पुनः सडक संचालनमा ल्याउनको लागि फेरी रङरोगन लगाइन लागेको हो ।

संविधान दिवसको अबसर पारेर असोज ३ गते भव्य रूपमा उद्घाटन गरी सञ्चालन गरिएको द्रुत बस सेवा एक महिना मै बन्द भएको थियो । द्रुत बस भनिए पनि सोही बस ट्राफिक जाममा पर्दा समयमै यात्रुलाई गन्तव्यमा पुग्न हम्मेहम्मे परेपछि द्रुत बस सेवा गुड्नेभन्दा कुर्ने समय बढी भएको भन्दै आलोचनासमेत भएको थियो ।अव पूनः थप ११ वटा बस थपिएर रत्नपार्कदेखि सूर्यविनायकसम्म १३ दशमलव ४ किलोमिटर दूरीमा द्रुत बस संचालनमा आउन लागेको हो ।

Advertisement:

Ad
Ad

थप ११ वटा बस थपिएर रत्नपार्कदेखि सूर्यविनायकसम्म १३ दशमलव ४ किलोमिटर दूरीमा द्रुत बस संचालनमा आउने भएको हो ।