दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम भने बढेर झन्डै १० अर्ब पुग्यो

२०८० माघ ०३ गते

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम भने बढेर झन्डै १० अर्ब पुग्यो

काठमाडौँ   लगातार केहि दिनदेखि बढेको नेप्से बुधबार भने दोहोरो अंकले घटेको छ । मंगलबार नेप्से परिसूचक १२.१० अंकले घटेर २१६३.०६ अंकमा बजार बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.५५ प्रतिशतले बढ्न पुगेको हो ।

Advertisement:

Ad
Ad

बजारमा आज ९.७६ अर्व रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । जसमा ६३ कम्पनी बढेका छन् भने १८० कम्पनी घटेका छन् । यसैगरी ४ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । शेयर बजार घटे पनि ग्लोबल आइएमइ लघुवित्त र नेपाल वेरहाउजिङ्ग कम्पनीको शेयरमा दश प्रतिसतको उछाल आएको छ । त्यस्तै आज पनि हिमालयन रिइन्सुरेन्स कम्पनीको शेयरमा सकारात्मक सर्किट आएको छ ।

आज सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमा हिमालयन रिइन्सुरेन्स रह्यो भने सर्वाधिक शेयर कारोबार हुने कम्पनीमा एनआइबिएल ग्रोथ फण्ड रह्यो ।