२०८३ वैशाख ०४ गते
काठमाडौं । बाणिज्य बैंकहरुमा सबैभनदा धेरै निक्षेप र कर्जा लगानी ग्लोबल आइएमइ बैंकको देखिएको छ । यस बैंकले चैत मसान्तसम्म ६ खर्ब ५५ अर्ब रुपैयाँ भन्दा बढी निक्षेप संकलन गरेको नेपाल बैंकस संघको तथ्यांकले देखाएको छ ।
ग्लोबलको निक्षेप संगै कर्जा लगानी पनि सबैभन्दा बढी भएको देखिन्छ । यसले ४ खर्ब ७ट अर्ब बढी ऋण लगानी गरेको छ । ग्लोबलपछि सबैभन्दा धेरै नबिल बैंकले निक्षेप संकलन गरेको छ । नबिलको चैत मसान्तसम्ममा ५ खर्ब ८८ अर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन भएको छ । कर्जा लगानी ४ खर्ब ७२ अर्ब रुपैयाँ रहेको छ ।
सबैभन्दा थोरै निक्षेप चाहिं स्ट्याण्डर्ड चार्टड बैंकमा रहेको छ । स्ट्याण्डर्डले चैतसमान्तसम्म १ खर्ब ४७ अर्ब बढी निक्षेप संकलन गरेको छ । यसले ७७ अर्ब रुपैयाँमात्र बर्जा लगानी गरेको छ ।
हाल बाणिज्य बैंकहरुमा ७१ खर्ब २७ अर्ब बढी निक्षेप रहेको छ भने ५२ खर्ब ५० अर्ब बढी कर्जा लगानीमा रहेको छ । औषतमा बैंकहरुको कर्जा निक्षेप अनुपात ७३.३५ प्रतिशत छ । यो भनेको बैंकहरुसँग अझै पर्याप्त लगानी गर्न मिल्ने रकम रहेको छ ।
प्रतिक्रिया