धितोपत्र बोर्डको अध्यक्षका लागि अन्तर्वार्ता स्थगित

२०८१ असोज १८ गते

धितोपत्र बोर्डको अध्यक्षका लागि अन्तर्वार्ता स्थगित

काठमाडौँ।  नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि पूर्व निर्धारित अन्तरवार्ता स्थगित भएको छ ।

Advertisement:

Ad
Ad

छनौट समितिका संयोजक तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी डेंगु संक्रमण भई अस्पताल भर्ना भएपछि अर्को सूचना प्रकाशिन नहुँदासम्म अन्तरवार्ता स्थगित गरिएको सिफारिस समितिले जनाएको छ । संयोजक नै बिरामी भई अस्पताल भर्ना भएपछि छनौट समितिका सदस्यहरु समेत आज उपस्थित भएनन् । जसकारण सबै तयारी गरी प्रस्तुति दिन निर्धारित समयमै अर्थ मन्त्रालय पुगेका तीनै जना उम्मेद्वार केहीबेर कुरेर फर्किएका थिए ।

नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदकहरुमध्ये स‌ंक्षिप्त सूचीमा समावेश भएका तीन जना आवेदकले आज व्यावसायिक कार्ययोजनाको प्रस्तुति र अन्तरवार्ता गर्ने कार्यक्रम थियो ।