आज सुनचाँदीको मूल्य करिब ६ हजार रुपैयाँले घट्यो

२०८३ कात्तिक २० गते

आज सुनचाँदीको मूल्य करिब ६ हजार रुपैयाँले घट्यो

काठमाडौं । आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाली बजारमा शुक्रबार सुन प्रतितोला पाँच हजार ९ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

 

Advertisement:

Ad

बिहीबार सुन प्रतितोला दुई लाख ८८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।  यस्तै चाँदीको मूल्य प्रतितोला ११० रुपैयाँले घटेर प्रतितोला तीन हजार ८१० रुपैयाँ कायम भएको छ । बिहीबार प्रतितोला तीन हजार ९२० रुपैयाँमा चाँदीको कारोबार भएको थियो।