बिगमार्टबाट ४१५ रुपैयाँको सामान किनेका व्यक्तिले जिते १० लाखको पुरस्कार

२०८३ कात्तिक १६ गते

बिगमार्टबाट ४१५ रुपैयाँको सामान किनेका व्यक्तिले जिते १० लाखको पुरस्कार

कात्तिक महिनाको पहिलो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार कार्यक्रमको घोषणा आज अर्थ मन्त्रालयको सुबर्ण हलमा भएको छ । कात्तिक १ देखि १५ गतेसम्मको १५ जना र एक जना बम्पर गरि १६ जना विजेता आज घोषाण भएका हुन् । 

 

Advertisement:

Ad

कात्तिक महिनामा बिग मार्टबाट ४ सय १५ रुपैयाँको सामान किनेका जनकपुरका एक उपभोक्ताले १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेका छन्।

 

अर्थ मन्त्रालयमा आज आयोजित ‘कात्तिक महिनाको पहिलो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार कार्यक्रम’ अन्तर्गत गरिएको लक्की ड्रमा ती उपभोक्ताले १० लाख रुपैयाँको बम्पर उपहार जितेका हुन्।

 

विजेता उपभोक्ताले गत कात्तिक ५ गते बिग मार्टबाट ७१५ रुपैयाँको सामान खरिद गरेका थिए। उनलाई खरिद गरिएको सक्कल बिल लिएर जनकपुरस्थित आन्तरिक राजस्व कार्यालयमा सम्पर्क गरी कागजी प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ।

 

प्रक्रिया पूरा भएपछि आगामी मंसिर १ गते काठमाडौंमा आयोजना हुने कार्यक्रममा अर्थमन्त्रीको हातबाट १० लाख रुपैयाँको चेक हस्तान्तरण गरिने आयोजकले जनाएको छ।