२०८१ मंसिर १६ गते
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका लागि विभिन्न चार देशमा नियुक्त राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।
शपथ लिने नवनियुक्त राजदूतहरूमा संयुक्त राज्य अमेरिकाका लागि लोकदर्शन रेग्मी, संघीय गणतन्त्र जर्मनीका लागि डाक्टर शैल रुपाखेती, साउदी अरेबिया अधिराज्यका लागि डाक्टर नरेशविक्रम ढकाल र अष्ट्रेलियाका लागि चित्रलेखा यादव छन् ।
राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित शपथ समारोहमा परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवा उपस्थित थिइन् ।
प्रतिक्रिया