चौधरी समूहद्वारा हडपिएको बाँसबारी जुत्ता कारखानाको जग्गा सरकार मातहत ल्याइयो (पत्रसहित)

२०८० चैत ०९ गते

चौधरी समूहद्वारा हडपिएको बाँसबारी जुत्ता कारखानाको जग्गा सरकार मातहत ल्याइयो (पत्रसहित)

काठमाडौँ । चौधरी समूहले गैरकानूनी रूपमा हडपेको बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सरकार मातहत आएको छ ।

भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारका प्रमुख मालपोत अधिकृत छविलाल नेपालीका अनुसार चौधरी समूहद्वारा लिइएको उक्त जग्गा नेपाल सरकारको मातहतमा ल्याउने निर्णय भएको जानकारी दिए ।

Advertisement:

Ad
Ad

चौधरी समूहले हडपेको बाँसबारी छाला जुत्ता कारखानाको जग्गामा हाल चाँदबाग स्कूल सञ्चालन गरिएको छ भने अर्को अपार्टमेन्ट बनाउने तयारी गरिएको थियो । उक्त कर्तुतबारे खुलासा भएपछि सीआइबीले उद्योगी बसन्त चौधरीलाई पक्राउ गरी हिरासतमा राखेको थियो र जग्गा फिर्ता गर्ने प्रतिवद्धता अनुरुप छाडिएको थियो ।