चीनमा नवप्रवर्तन उद्योग फस्टाउँदै, रोबोटिक्स रोजाइमा

२०८२ मंसिर ०१ गते

चीनमा नवप्रवर्तन उद्योग फस्टाउँदै, रोबोटिक्स रोजाइमा

एजेन्सी । चीनमा नवप्रवर्तन उद्योग एवम व्यवसायले उल्लेखनीय प्रगति गर्दै गएको छ ।रोबोटिक्स, फोटोनिक्स, हाइड्रोजन ऊर्जा र क्वान्टम प्रविधि क्षेत्रहरूमा चीनको केही उल्लेखनीय उपलब्धिहरूको पछाडि नवप्रवर्तन प्रेरक बनेको छ । 


बेइजिङमा रहेको मानवोइड रोबोट उद्योग भर्खरै संचालनमा आएको छ । जुन १४,००० वर्ग मिटर क्षेत्रफलमा छ । देशभरि देखा पर्दै गरेका धेरै नवनिर्मित रोबोट र प्रविधि केन्द्रहरू मध्ये सबैभन्दा ठूलो हो।त्यस्तै उत्तरपश्चिमी चीनको शान्सी प्रान्तमा, लगभग २० कम्पनीहरू आवद्ध हुने फोटोनिक्स सेन्सिङ औद्योगिक पार्कको निर्माण लगभग पूरा भएको छ।

Advertisement:

Ad
Ad


झोङवेई शहरमा नौ डाटा सेन्टर औद्योगिक पार्कहरू स्थापना गरिएका छन्ज । जसले देशभरका ४,००० भन्दा बढी उद्यमहरूलाई क्लाउड कम्प्युटिङ सेवाहरू प्रदान गर्दछ।


पूर्वी चिनियाँ प्रान्त आन्हुईमा टेक्नोलोजी उद्यमहरूको समूह फस्टाउदै गएका छन् ।(सीसीटीभीप्लस)