नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक बने ढंगोल

२०८३ जेठ ११ गते

नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक बने ढंगोल

काठमाडौंँ । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोललाई  नियुक्त गरेको छ । प्राधिकरणको महानिर्देशक नियुक्त गर्न पर्यटन मन्त्रालयले वैशाख १२ गते गोरखापत्रमा सूचना जारी गरेर सार्वजनिक रुपमा योग्यता पुगेका उमेदवारहरुबाट प्रस्ताव मागेको थियो ।

 

Advertisement:

Ad
Ad

मन्त्रालयले वैशाख २१ गतेसम्ममा आवेदन दिएका २१ जना प्रतिस्पर्धीमध्येबाट डंगोललाई नियुक्त गरेको हो ।ललितपुर महानगरपालिका २६ का डंगोल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव हुन् । उनलाई सरकारले मंगलबारको मन्त्रिपरिषदको वैठकले नियुक्त गरेको हो ।