ब्याजदर अझै घट्दै जान्छ : बैंकर्स संघका अध्यक्ष केसी

२०८० मंसिर १५ गते

ब्याजदर अझै घट्दै जान्छ : बैंकर्स संघका अध्यक्ष केसी

काठमाडौँ। नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले ब्याजदर घट्दो गतिमा रहेको बताएका छन् । एनएमबी बैंकका सिईओ समेत रहेका अध्यक्ष केसीले नेपाल आर्थिक पत्रकार समाज सेजनको २७औं वार्षिक साधारणसभा तथा अवार्ड वितरण समारोहमा बोल्दै यस्तो बताएका हुन् ।

उनले बैंकहरुको ब्याजदर १ प्रतिशतले घटेको बताउँदै थप घट्ने बताएका हुन् ।। उनले भने, ‘अहिले बैंकको आधारदर (बेसरेट) एकल अंकमा छ,ब्याजदर अझै घट्दै जान्छ ।’

Advertisement:

Ad
Ad

त्यस्तै उनले खराब कर्जा बढ्दो दरमा रहेकाले बैंकहरुले त्यसमा ध्यान दिन आवश्यक रहेको उनले बताए । सडकबाट बैंकविरुद्ध हुने आन्दोलनका कारण सचेत हुनु जरुरी रहेको अध्यक्ष केसीको भनाइ छ ।