२०८१ पुस ०४ गते
काठमाडौँ । सामाजिक सञ्जालमा भाइरल विवेक पंगेनीको मृत्यु भएको छ । श्रीमान विवेकको मृत्युमा धैर्य धारण गर्दै आत्मबल उच्च पार्न भन्दै धेरै कलाकार र शुभेच्छुकहरुले सृजनालाइ ढाडस दिएका छन् । विवेकको बिहीबार निधन भएको हो । सृजना पंगेनी र विवेक पंगेनीको जोडी टिकटकमा भाइरल छन् ।
लामो समयदेखि ब्रेन क्यान्सरले थलिएका विवेक पंगेनीलाई उनकी श्रीमती सृजना पंगेनीले हौसला दिँदै आएकी थिइन् । क्यान्सरले थलिएका श्रीमानलाई हौसला र उत्प्रेरित गर्न सृजनाले बनाएका टीकटकका धेरै फलोअर्सहरु छन् ।
प्रतिक्रिया