२०८३ वैशाख १५ गते
काठमाडौँ। निर्माण व्यवसायी तथा राप्रपा उपाध्यक्ष विक्रम पाण्डेमाथि ठेक्का प्रक्रियामा अनियमितताको आरोप लागेपछि अदालतले थप ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। जिल्ला अदालत काठमाडौंले हिजो सो आदेश जारी गरेको हो। यसअघि उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शुक्रबार पक्राउ गरेको थियो। उनी कालीका कन्स्ट्रक्सनका सञ्चालक पनि हुन्।
सीआईबीका अनुसार यो प्रकरणमा हालसम्म १३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ, जसमा ७ जना निर्माण व्यवसायी रहेका छन्।
पाण्डेमाथि सार्वजनिक खरिद अनुगमन कार्यालयको अनलाइन प्रणाली (इ–बिडिङ) मा अनधिकृत पहुँच पुर्याई ठेक्का विवरणमा हेरफेर गरेको आरोप छ। आर्थिक प्रस्ताव खुल्नुअघि नै आफ्नो प्रस्ताव संशोधन गरी ठेक्का प्राप्त गर्ने प्रयास गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया