भूमि सम्वन्धि अध्यादेश स्विकार नगर्ने लोसपा अध्यक्ष महन्थ ठाकुरको भनाई

२०८१ फागुन ०३ गते

भूमि सम्वन्धि अध्यादेश स्विकार नगर्ने लोसपा अध्यक्ष महन्थ ठाकुरको भनाई

काठमाडौँ । सरकारले जारी गरेको भूमिसम्बन्धी अध्यादेशलाई लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्यक्ष महन्थ ठाकुरले स्विकार नगर्ने बताएका छन् । ‘यो अध्यादेशमा धेरै सुधारको आवश्यकता छ। यो वास्तविक भूमिहीन, मधेशी, आदिवासी जनजातिको खिलापमा छ। यसलाई कुनै पनि हालतमा स्वीकार गर्न सकिँदैन,’ ठाकुरको भनाइ उद्धृत गर्दै ती नेताले भने।

लोसपा र जनमतका साथै सरकारलाई समर्थन गरेको दल जसपा नेपालले पनि भूमिसम्बन्धी विधेयक अस्वीकार गर्ने जनाइसकेको छ। सरकारले प्रतिनिधिसभाबाट अध्यादेश पारित गराउन खोजेकोमा यदी यी तीन दलहरू विपक्षमा उभिएमा विधयेक राष्ट्रियसभामा पारित नहुने सम्भावना देखिएको छ ।

Advertisement:

Ad
Ad