पूर्व अर्थमन्त्री विष्णु पौडेल पक्राउ

२०८३ असार ०८ गते

पूर्व अर्थमन्त्री विष्णु पौडेल पक्राउ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन् ।


पार्टीको चुनावी समीक्षा एवं पुनर्गठन कार्यदलको सुझाव संकलनको प्रदेशस्तरीय कार्यक्रममा सुर्खेत पुगेका पौडेललाई सोही ठाउँबाट पक्राउ गरिएको हो ।  

Advertisement:

Ad
Ad


उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धानको सिलसिलामा उनलाई पक्राउ गरिएको बताइएको छ ।

पौडेललाई पक्राउ गर्नुअघि सम्पत्ति शुद्धीकरण विभागले ललितपुरको भैंसेपाटीस्थित उनको निवासमा छापा मारेको थियो ।