२०८३ असार ०८ गते
काठमाडौँ । नेपाल सम्पत्ति सुद्धीकरणको ग्रे लिस्टबाट बाहिर आउन असफल भएको छ। फाइनान्सियल एक्सन टास्क फोर्स FATF ले नेपाललाई ग्रे लिस्टमा राख्ने निर्णय गरेको हो।
फ्रान्सको पेरिसमा १७–१९ जुन २०२६ मा सम्पन्नFATFको प्लेनरी बैठकले नेपालको ग्रे लिस्टको अवस्था यथावत राख्ने निर्णय गरेक हो।FATFले नेपालले लक्षित वित्तीय प्रतिबन्ध सम्बन्धी केही प्राविधिक कमजोरी हटाउन केही कदम चालेको स्वीकार गरेको छ। तर नेपालले आफ्नो ब्अतष्यल एबिल पूरा गर्न बाँकी मुख्य कामहरूमा अझै ध्यान दिनुपर्ने बताएको छ।
नेपालले यी कुरामा गर्नुपर्नेछ सुधार-
-Money Laundering र Terrorist Financing जोखिमको बुझाई सुधार गर्नुपर्नेछ ।
-वाणिज्य बैंक, सहकारी, क्यासिनो, सुनचाँदी तथा रियल इस्टेट क्षेत्रमा जोखिममा आधारित सुपरिवेक्षण सुधार गर्नुपर्नेछ ।
-वित्तीय समावेशितालाई असर नपार्ने गरी अवैध हुन्डी रः Money or Value Transfer Services प्रदायकहरूलाई पहिचान गरी कारबाही गर्नुपर्नेछ ।
-सम्पत्ति सुद्धीकरण अनुसन्धान गर्न सक्षम अधिकारीहरूको क्षमता र समन्वय बढाउनुपर्नेछ ।
-सम्पत्ति सुद्धीकरण अनुसन्धान र मुद्दा दर्ता बढाउनुपर्नेछ ।
-अपराधबाट प्राप्त सम्पत्ति पहिचान, रोक्का, जफत र कब्जा गर्न प्रभावकारी उपायहरू अपनाउनु पर्नेछ ।
नेपाललाई फेब्रुअरी २०२५ मा FATF को ग्रे लिस्टमा राखिएको थियो। त्यसयता नेपाललेFATF र एसिया प्यासिफिक ग्रुप अन मनी लाउन्डरिङसँग मिलेर आफ्नो ब्ःीरऋँत् प्रणाली मजबुत बनाउने प्रतिबद्धता जनाएको थियो।
प्रतिक्रिया