भ्रष्टाचार अभियाेगमा बागमती नगर प्रमुखविरुद्ध मुद्दा

२०८० चैत २८ गते

भ्रष्टाचार अभियाेगमा बागमती नगर प्रमुखविरुद्ध मुद्दा

काठमाडौँ ।  सर्लाहीस्थित बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार मेयर थापाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारकाे मुद्दा दर्ता गरेको हो ।

Advertisement:

Ad
Ad

आयोगले ५ करोड ३३ लाख रुपैयाँ अवैधानिक तरिकाले कमाएको दाबी गर्दै मुद्दा दायर गरेकाे हाे । मेयर थापाले २०७४ असोजदेखि २०७९ माघसम्ममा ७ करोड ८६ लाख ५० हजार वैध तरिकाले कुल आम्दानी गरेको पाइएकाे छ । तर आयोगकाे अनुसन्धानमा साेहि अवधिमा उनले १३ करोड २० रुपैयाँ लगानी र खर्च गरेको देखिएकाे हाे ।

यसरी उनकाे आम्दानी र खर्च नमिल्दा ५ करोड ३३ लाख ५३ हजार रुपैयाँ अवैध तरिकाले कमाएकाे अनुसन्धानमा देखिएकाे अख्तियारले जनाएकाे छ । सोही रकम बराबर बिगो कायम गरी जरिवाना, सजाय तथा सम्पत्ति असुल उपर गर्न अख्तियारकाे माग रहेको छ ।