भासिएको दाउन्ने खण्डको सडक सञ्चालनमा

२०८१ साउन २९ गते

भासिएको दाउन्ने खण्डको सडक सञ्चालनमा

काठमाडौं । पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा भासिएको सडक सञ्चालनमा आएको छ ।

सडक भासिएसँगै केही समयका लागि यातायात सञ्चालनमा रोक लगाइएपनि अहिले मर्मतपछि आवतजावतका लागि खुला गरिएको हो ।

Advertisement:

Ad
Ad

नवलपुरको दाउन्नेमा गएराति सडक भासिएको थियो । विनयी त्रिवेणी गाउँपालिका-२ स्थित दाउन्ने बजारमा भासिएको सडकमा थप क्षति भएर समस्या हुनसक्ने भएकाले यातायात रोकेर मर्मत गरिएको थियो ।

अहिले आंशिक रुपमा शतर्कताकासाथ सडक सञ्चलन गरिएको बताइएको छ । सडक भासिएसँगै यातायात सञ्चालनमा अवरोध हुनुका साथै आम नागरिकहरुको दिनचर्यासमेत अस्तव्यस्त भएको थियो ।