भारी वर्षाले विराटनगरमा जनजीवन कष्टकर, विमानस्थल पनि बन्द

२०८१ असार १२ गते

भारी वर्षाले विराटनगरमा जनजीवन कष्टकर, विमानस्थल पनि बन्द

काठमाडौँ। मनसुन भित्रिएसँगै विराटनगर डुबानमा परेकाे छ । भारी वर्षा हुँदा विराटनगर महानगरपालिका वडा नं. ९ र १० बाहेकका सबै वडाका डुबानमा परेका हुन् ।

Advertisement:

Ad
Ad

घर-घरहरुमा पानी छिरेका कारणले वडा नं. १२ र १९ मा करिब १०० परिवार विस्थापित भएका छन् । उनीहरुलाई स्थानीय विद्यालयमा पुनर्स्थापना गरिएको छ ।

मंगलबार बिहान ८ बजेर ४५ मिनेट देखि बुधवार बिहान ८ बजेर ४५ मिनेट सम्म २४ घण्टामा विराटनगरमा ३६१ मिलिमिटर पानी परेको छ । भारी वर्षा र अर्कोतिर पानीको निकास नहुँदा सडक र घरहरु डुबानमा परेको हो । याे वर्षा यस बर्षको मनुसनको सबैभन्दा बढी हो ।

विराटनगर महानगरपालिकाको द्रुत प्रतिकार्य टोलीले अहिले विभिन्न ठाँउमा पानी निकास खुलाउने कार्य गरिरहेकाे छ।

डुबानका कारण बुधबार बिहानदेखि विराटनगर ४ स्थित विमानस्थल पनि ठप्प भएकाे छ । पार्किङ क्षेत्रमा बास्ता खोलाको बाढी पसेका कारण विमानस्थलको उडान र अवतरण रोकिएको हाे ।

यद्धपी पानी सुक्ने क्रममा रहेकाले अब केही समयमा विमानस्थलमा उडान अवतरण फेरि सुरु हुने भएकाे छ । पानी राेकिएमा उडान पुनः सुचारू हुनेछ । यतिबेला बास्ता खाेला बढेर आएको पानी ड्रेनबाट निकास गरिँदैछ । उडान अवतरणका लागि प्राविधिक जाँच पनिस भइरहेकाे छ ।