भारतमा बिवाइडीको प्रिमियम गाडी सिल सार्वजनिक,सुरुआती मूल्य ४१ लाख भारु

२०८० फागुन २२ गते

भारतमा बिवाइडीको प्रिमियम गाडी सिल सार्वजनिक,सुरुआती मूल्य ४१ लाख भारु

काठमाडौं। भारतमा बिवाइडीको प्रिमियम गाडी सिल सार्वजनिक भएको छ। बिवाइडी इन्डियाले यसको सुरुआती मूल्य ४१ लाख भारु निर्धारण गरेको छ।

यसअघि भारतीय बजारमा बिवाइडीको इ६ र अट्टो ३ मोडल उपलब्ध थिए। सिल डायनामिक, प्रिमियम र पर्फर्मेन्स गरी ३ वटा भेरियन्टमा उपलब्ध हुनेछ। यो आर्टिक ब्लू, अरोरा ह्वाइट, अट्लान्टिस ग्रे र कसमस ब्ल्याक गरी ४ वटा रङमा उपलब्ध छ।

Advertisement:

Ad
Ad

बिवाइडी इन्डियाले यसको मूल्य डायनामिकको ४१ लाख, प्रिमियमको ४५ लाख ५५ हजार र पर्फर्मेन्सको ५३ लाख भारु निर्धारण गरेको छ।

भारतमा सिल ४ वटा ब्याट्री अप्सनमा सार्वजनिक गरिएको हो। ६१.४४ किलोवाट आवरको ब्याट्री जडित गाडीले ५ सय १० किलोमिटर र ८२.५६ किलोवाट आवरको ब्याट्री जडित गाडीले ६ सय ५० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ।–एजेन्सी