२०८० चैत २७ गते
मृतक नेपालीहरू ५० वर्षीय विश्राम चौधरी, ४५ वर्षीय धिरज, ४० वर्षीय अनन्तराम चौधरी, ३८ वर्षीय विनोद चौधरी, ५५ वर्षीय उदयराम चौधरी, ४५ वर्षीय तिलक चौधरी र ६० वर्षीय गोपाल बस्नेत छन्।
गएराति नैनितालको बेताल घाट नजिकै गाडी सडकबाट १५० मिटर तल खसेको भारतीय सञ्चार माध्यमहरूले बताएका छन्। स्टेट डिजास्टर रेस्पोन्स टिम (एसडिआरएफ)को टोली घटनास्थलमा पुगेर उद्धारका लागि खटिएको थियो।
उक्त टोली र स्थानीयले मिलेर घटनास्थलबाट ८ जनाको शव निकालेको थियो। मृतक सात जना कञ्चनपुरका रहेको बताइएको छ।
दुर्घटनामा ज्यान गुमाएका चालक राजेन्द्र कुमार भने सोही बेताल घाटका स्थानीय हुन्। उनीहरू जल जीवन मिसन प्रोजेक्टमा काम गर्थे।
काम सकेपछि उनीहरूले एउटा गाडी भाडामा लिएर टनकपुरस्थित चम्पावत जाँदै थिए।
प्रतिक्रिया