२०८२ असोज १८ गते
काठमाडौं । काठमाडौं भित्रिने बाहिरिने लामो दूरीका सवारी साधनहरू तीन दिनका लागि बन्द गरिएको छ । शुक्रवारबाट (असोज १७) निरन्तर भारी वर्षा भइरहेको छ ।
अझै २० गतेसम्म वर्षा जारी हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । निरन्तरको बर्षाले ठाउँ ठाउँमा पहिरो गएको छ । जसका कारण सवारी आवागन नै अवरुद्ध भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम बढेकाले उपत्यका भित्रिने र बाहिरिने सवारी साधन बन्द गरिएको जनाएको छ ।
.jpg)
प्रतिक्रिया