भूजी लिग फुटबल : प्रथम हुनेले १ लाख २७ हजार ७२७ रुपैयाँ पुरस्कार पाउने

२०८२ असोज २५ गते

भूजी लिग फुटबल : प्रथम हुनेले १ लाख २७ हजार ७२७ रुपैयाँ पुरस्कार पाउने

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–७ भूजीमा २७ औँ भूजी लिग फुटबल प्रतियोगिता–२०८२ सुरु भएको छ । अमृत घामछायाँ खेल मैदानमा सुरु भएको प्रतियोगितामा नौं टिमले सहभागिता जनाएका छन् ।


असोज २९ गतेसम्म चल्ने प्रतियोगिताको विजेता टोलीले १ लाख २७ हजार ७ सय २७ रुपैयाँ नगद सहित स्वर्ण पदक तथा रनिङ शिल्ड प्राप्त गर्नेछ । त्यस्तै उपविजेताले ६७ हजार ७ सय २७ रुपैयाँ नगदसहित रजत पदक पाउने छ । सेमिफाइनलदेखि फाइनलसम्मका खेलमा म्यान अफ द म्याच खेलाडी छनोट गरी आकर्षक पुरस्कार प्रदान गरिने भुजी फुटबल क्लबका अध्यक्ष शुभराज सुनुवारले जानकारी दिए । 

Advertisement:

Ad
Ad


सुनुवारको अध्यक्षतामा सुरु भएको खेलको उमाकुण्ड गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवारले उद्घाटन गरेकी थिइन् ।कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिता अर्याल, वडा अध्यक्षहरू, खेलकुद विकास संयोजक सुदीप सुनुवार, विभिन्न राजनीतिक दलका प्रतिनिधि, खेलाडी र स्थानीयको सहभागिता थियो ।