२०८१ भदौ २४ गते
काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले असोज १८ गते नवौं वार्षिक साधारण सभा बोलाएको छ । भदौ २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गौरव इभेन्ट्स, गौतम प्लाजा, कलंकी, मा काठमाडौंमा विहान ८ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङग्याउनेछ ।
हकप्रद सम्बन्धमा र हकप्रद जारी गर्ने क्रममा आईपर्ने कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय पनि सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि असोज १० गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा असोज ९ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया