बाँसबारी जुत्ता कारखानाको १० रोपनी जग्गा फिर्ता प्रक्रिया आजै शुरू गर्न गृहमन्त्रीको निर्देशन

२०८० चैत ०४ गते

बाँसबारी जुत्ता कारखानाको १० रोपनी जग्गा फिर्ता प्रक्रिया आजै शुरू गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सरकार मातहत ल्याउने प्रक्रिया आजै शुरू गर्न निर्देशन दिएका छन् ।

आइतवार सिंहदरबारमा प्रहरी महानिरीक्षक वसन्त कुँवर र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख श्याम ज्ञवालीलाई बोलाएर बाँसबारीको जग्गा फिर्ता प्रक्रिया शुरू गर्न निर्देशन दिएका हुन् । बाँसबारी छालाजुत्ता प्रकरणमा जोडिएकाहरूसँग बयान लिन र जग्गा फिर्ता गर्न गृहमन्त्रीले निर्देशन दिएका हुन् ।

Advertisement:

Ad
Ad

बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका उद्योगी अरुण चौधरीले जग्गा फिर्ता गर्ने बयान गरिसकेका थिए । बाँसबारीको जग्गा चौधरी ग्रुपबाट फिर्ताको प्रक्रिया सरकारले शुरू गरिसकेको छ ।त्यसविरुद्ध परेको रिटमा अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै जग्गा प्राप्तिको प्रक्रिया अघि बढेको छ ।

जग्गा प्राप्तिको प्रक्रिया अघि बढेसँगै यो प्रकरणमा जोडिएका विनोद चौधरी लगायतसँग बयान लिने र मुद्दा प्रक्रिया टुंग्याउने काम अघि बढेको स्रोतको दाबी छ ।