बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा अरुण चाैधरी पक्राउ

२०८० माघ १८ गते

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा अरुण चाैधरी पक्राउ

काठमाडौँ । प्रहरीले व्यवसायी चौधरी ग्रुपका  सदस्य तथा सिजी होल्डिङका प्रबन्ध निर्देशक अरुण चौधरीलाई पक्राउ गरेको छ । बिहीबार काठमाडौंको लैनचौरबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई पक्राउ गरेको हो ।

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गाको विषयमा भइरहेको विवादमा अनुसन्धानका लागि चौधरीलाई पक्राउ परेका हुन् । उक्त कारखानाको जग्गा सीजी रेसिडेन्सी प्रालिको नाममा नामसारी गरेको आरोपमा प्रहरीले अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएको हो ।

Advertisement:

Ad

सीआईबीको टोलीले चौधरी लगायत छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजित नारायणसिंह थापा र आम्रपाली कन्ट्रक्सनका सञ्जय ठाकुरलाई पक्राउ गरेको छ ।

उक्त प्रकरणबारे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले  शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्ने भएको । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा घोटाला प्रकरणबारे जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरिएको सीआईबी बताएको हो ।

यो प्रकरणमा अनुसन्धान गर्न तीन महिना अगाडि सीआईबीले एसपी होविन्द्र बोगटीको नेतृत्वमा एक कमिटी गठन गरेको थियो । सोही कमिटीले अनुसन्धान गर्दा उनीहरू दोषी पाइएपछि पक्राउ गरेको हो । उनीहरुविरुद्ध किर्ते, ठगी र सरकारी सम्पत्ति हिनामिनामा मुद्दा चलाउनका लागि अदालतबाट म्याद लिन लागेको छ ।